यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए।
Cross references
इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”
इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन दिंदै अङ्गालो हाले। मनश्शे अनि एप्रैमको लागि आशीर्वाद
मोशा 120 वर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए।
समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।
एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए।
बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”
“मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रोईरहेका?”उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए।
एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।
यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।
हामी सत्तरी वर्षसम्म बाँच्न सक्छौं, यदि अझ बलियो भए असी वर्षसम्म बाँच्न सक्छौं। हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ। त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चबाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ।
“यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरे।