Home Bibles यहोशू 21:2 · नेपाली बाइबल
यहोशू 21:2 · नेपाली बाइबल

यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।”

Cross references

गन्ती 35:2

“इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।

यहोशू 14:5

परमप्रभुले मोशाद्वारा आज्ञा गरे अनुसार इस्राएलको मानिसहरूले भूमि विभाजित गरे।

यहोशू 18:1

समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।

इजकिएल 48:9

तिमीले यो भूमि परमप्रभुलाई समर्पन गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौडा हुनेछ।

मत्ती 10:10

झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिडेनलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।

गलाती 6:6

जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

1 तिमोथी 5:17

अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।

Interlinear

Choose Theme