Home Bibles ☰ Books योना 1:6 · नेपाली बाइबल
योना 1:6 · नेपाली बाइबल

त्यसैले जहाजका कप्तानहरु तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले हाम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”

Cross references

2 शमूएल 12:22

दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन। र रोइ मात्र रहे कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’

एस्तर 4:16

तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौ। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”

भजनसंग्रह 78:34

जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति परिश्रमी हुँदै फर्के। तिनीहरूले परमेश्वर कै खोजी गरे।

भजनसंग्रह 107:6

त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे। अनि उहाँले तिनीहरूलाई संकटहरूबाट जोगाउनु भयो।

भजनसंग्रह 107:12

परमेश्वरले तिनीहरूकै कुकर्मको कारणले गर्दा उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो। तिनीहरूठेस लागेर लडे अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।

भजनसंग्रह 107:18

ती मानिसहरूले खान पनि रूचाउँदैनन् अनि तिनीहरू प्रायः मर्छन्।

भजनसंग्रह 107:28

तिनीहरू संकटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे। अनि उहाँले ती संकटहरूबाट तिनीहरूलाई बचाउनु भयो।

यशैया 3:15

मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

यर्मिया 2:27

ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन अनि भन्छन्, ‘तिमी मेरा पिता हौ।’ ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन् अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौ।’ तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउछन्, तर अनुहार चाँहि होइन। तर जब तिनीहरू अप्ठेरामा पर्छन, तिनीहरू मलाई भन्छन्, ‘आऊ अनि हामीलाई बचाऊ।’

इजकिएल 18:2

“तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ;आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए।

योएल 2:11

परमप्रभुले आफ्नो सेनाहरुलाई ठुलो स्वरले बोलाउनु हुन्छ। उहाँको छाउनी अत्यन्त विशाल छ। ती जसले परमप्रभुको आज्ञा पालन गर्छन् तिनीहरु धेरैल संख्यामा छन्। परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ। यो कसले सहन सक्छ र?

आमोस 5:15

खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेकामानिसहरुलाई राम्रो गर्नुहुनेछ।

योना 3:9

त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरु ध्वंश नहौंला।

मर्कूस 4:37

समुद्रमा त्यस बेला डरलागदो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।

प्रेरित 21:13

तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”

Interlinear

Choose Theme