Home Bibles योना 1:5 · नेपाली बाइबल
योना 1:5 · नेपाली बाइबल

मानिसहरु चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरु उठाएर समुद्रमा फ्याँकन थाले। मल्लाहरु धेरै डराएका थिए, प्रत्येक मानिसहरुले आ-आफ्नो देवताहरुलाई प्रार्थना गर्न थाले।योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए।

Cross references

न्यायकर्ता 16:19

जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्‌यो।

1 शमूएल 24:3

शाऊल बाटो छेउको भेडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए।

1 राजा 18:26

यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!“ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।

अय्यूब 2:4

शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई!” एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ।

भजनसंग्रह 107:25

परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो। छालहरू उच्च भन्दा उच्च हुँदै गए।

भजनसंग्रह 148:8

परमेश्वरले आगो र हिउँ, असिना, धुँवा, आँधी, बतास रच्नुभयो।

उपदेशक 3:6

एक समय हुन्छ कुनै चीज खोज्ने र एक समय हुन्छ हराओस् भन्ने एकसमय हुन्छ कतै फालि दिने एक समय हुन्छ र खोज्ने एक समय हुन्छ।

यशैया 44:17

तर सानो रूखको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। उ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस्।”

यशैया 45:20

“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।

यर्मिया 2:28

ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।

होशे 7:14

तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन, तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्। तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन् तर तिनीहरू मदेखि टाडा भाग्छन्।

योना 1:6

त्यसैले जहाजका कप्तानहरु तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले हाम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”

योना 1:14

यसकारण, मानिलहरुले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।”

योना 1:16

तब ती मानिसहरुले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।

मत्ती 25:5

तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।

मत्ती 26:40

त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?

मत्ती 26:43

येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए।

मत्ती 26:45

तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ।

लूका 22:45

जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।

प्रेरित 27:18

अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके।

प्रेरित 27:38

जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरु समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।

फिलिप्पी 3:7

एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्।

Interlinear

Choose Theme