यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।
Cross references
येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्।
फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘
उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।
म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”
मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।