Home Bibles ☰ Books यूहन्ना 9:29 · नेपाली बाइबल
यूहन्ना 9:29 · नेपाली बाइबल

हामी जान्दछौं कि परमेश्वर मोशासंग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”

Cross references

गन्ती 12:2

तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?”परमप्रभुले यो कुरा सुन्नुभयो।

गन्ती 16:28

मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो।

व्यवस्था 34:10

इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखामुख चिन्नु भएको थियो।

1 राजा 22:27

तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किञ्जेल सम्म उनलाई त्यहीं राख।”

2 राजा 9:11

येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?”येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो यहाँ छ बौलाह मानिस सँधै केही कुराहरूको विषयमा हतारिन्छ?”

भजनसंग्रह 22:6

यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्।

भजनसंग्रह 103:7

परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो। परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।

भजनसंग्रह 105:26

यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।

भजनसंग्रह 106:16

मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।

यशैया 53:2

ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगडी हुर्कियो। उ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन।

मलाकी 4:4

“मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”

मत्ती 12:24

जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”

Interlinear

Choose Theme