Home Bibles ☰ Books यूहन्ना 5:3 · नेपाली बाइबल
यूहन्ना 5:3 · नेपाली बाइबल

धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा ती लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।

Cross references

1 राजा 13:4

जब राजा यारोबामले बेतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजे भइहाल्‌यो। उसले उसको हात चलाउन सकेन।

हितोपदेश 8:34

जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।

विलाप 3:26

ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!

जकरिया 11:17

हे मेरो बेक्कामको गोठालो तिमीले मेरा भेडाहरूलाई त्यागिदियौ। एउटा तरवारले उसको दाहिने पाखुरा अनि उसको दाहिने आँखामा हिर्काउनेछ। उसको पाखुरा बेक्कामको हुनेछ अनि उसको दाहिने आँखा अन्धा हुनेछ।

मत्ती 15:30

धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा,गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो।

मर्कूस 3:1

अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।

लूका 7:22

अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।

रोमी 8:25

तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठुलो धैर्यसित त्यो र्पखिरहेका छौं।

याकूब 5:7

दाज्यु-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरूञ्जेल प्रतीक्षा गर्छ।

Interlinear

Choose Theme