जब राजा यारोबामले बेतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजे भइहाल्यो। उसले उसको हात चलाउन सकेन।
Cross references
त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।
राजा यारोबामले एउटा सुनको बाछा बेतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे।
तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किञ्जेल सम्म उनलाई त्यहीं राख।”
ती आगोका घोडा र रथहरू एलीशा छेऊ आए। एलीशाले परमप्रभुसंग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अंन्धा बनाइदिनुहोस्।”तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अंन्धो बनाइदिनुभयो।
आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।
तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ।
परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।
परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।
यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो।
परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ।
विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।
तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”
बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः आमोसले तिमीहरुको बिरुद्ध षडयन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरुलाईतिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसकनु भएकोछ।