मर्कूस 3:1 · नेपाली बाइबल
अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।
Cross references
1 राजा 13:4
जब राजा यारोबामले बेतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजे भइहाल्यो। उसले उसको हात चलाउन सकेन।
मत्ती 12:9
येशू त्यहाँबाट हिंडनु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो।
मर्कूस 1:21
येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो।
लूका 6:6
अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो।
यूहन्ना 5:3
धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा ती लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।