तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
Cross references
मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।
तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरू अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए।
त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।
परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी।
परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ।
परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयोः‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’