Home Bibles ☰ Books अय्यूब 9:10 · नेपाली बाइबल
अय्यूब 9:10 · नेपाली बाइबल

परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।

Cross references

प्रस्थान 15:11

“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।

अय्यूब 5:9

हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।

अय्यूब 26:12

परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ। परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।

अय्यूब 37:5

परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।

अय्यूब 37:23

सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।

भजनसंग्रह 71:15

तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु। एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु। ती समयहरूको गन्ती नै छैन।

भजनसंग्रह 72:18

परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!

भजनसंग्रह 136:4

परमेश्वरको प्रशंसा गरौं, जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

उपदेशक 3:11

परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

यशैया 40:26

माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”

दानियल 4:2

सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भूत अनि छक्क-पर्दो चीजहरूको विषयमा तिमीलाई भन्न म अति खुशी छु।

रोमी 11:33

हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।

एफिसी 3:20

तर तिमीहरुले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ।

Interlinear

Choose Theme