Home Bibles अय्यूब 26:12 · नेपाली बाइबल
अय्यूब 26:12 · नेपाली बाइबल

परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ। परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।

Cross references

प्रस्थान 14:21

मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।

अय्यूब 9:13

परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।

अय्यूब 12:13

तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो। राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।

अय्यूब 40:11

यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।

भजनसंग्रह 29:10

जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।

भजनसंग्रह 74:13

हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।

भजनसंग्रह 89:9

उर्लंदो समुद्रमाथि तपाईंले नै राज्‍य गर्नुहुन्‍छ, जब त्‍यसका छालहरू उठ्‌छन्‌, तपाईंले नै तिनलाई शान्‍त गराउनुहुन्‍छ।

भजनसंग्रह 93:3

हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।

भजनसंग्रह 114:2

यहूदा परमेश्वरको खास मानिस भए। इस्राएल उसको राज्य हुन गयो।

यशैया 2:12

परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।

यशैया 51:9

जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।

यशैया 51:15

“किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)

यर्मिया 31:35

परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”

दानियल 4:37

त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सँधै न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहँकारीहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।

याकूब 4:6

तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

Interlinear

Choose Theme