Home Bibles यशैया 40:26 · नेपाली बाइबल
यशैया 40:26 · नेपाली बाइबल

माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”

Cross references

उत्पत्ति 1:14

तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।

उत्पत्ति 2:1

यसरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।

व्यवस्था 4:19

अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।

अय्यूब 31:26

मैले कहिल्यै पनि उज्वल घाम र सुन्दर जूनलाई पूजिनँ।

भजनसंग्रह 8:3

हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।

भजनसंग्रह 19:1

स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।

भजनसंग्रह 66:3

उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!

भजनसंग्रह 89:11

स्‍वर्ग तपाईंको हो, र पृथ्‍वी पनि तपाईंकै हो, संसार र त्‍यसको सारा पूर्णता तपाईंले नै बसाल्‍नुभएको हो।

भजनसंग्रह 102:25

धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।

भजनसंग्रह 119:91

तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।

भजनसंग्रह 147:4

परमेश्वरले ताराहरू गन्नुहुन्छ र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।

भजनसंग्रह 148:3

हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।

यशैया 34:16

परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन्। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ।

यशैया 42:5

परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।

यशैया 44:24

परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ। परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाकै गर्भभित्र थियौ। परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो। म स्वयंले आकाश राखें। मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”

यशैया 45:7

मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।

यशैया 45:12

यसकारण हेर। मैले पृथ्वी बनाएँ अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।

यशैया 48:13

“मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ। मेरो दाहिने हातले आकाश बनाएँ अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।

यशैया 51:6

माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।

यर्मिया 10:11

परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

यर्मिया 32:17

“हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन्।

कलस्सी 1:16

उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।

Interlinear

Choose Theme