हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।
Cross references
परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।
अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
अय्यूबले भन्यो, “यी सबै मैले पहिल्यै देखेको छु। तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु। म ती सबै कुराहरू बुझ्छु।
मरेकाहरूका आत्माहरू डरले पृथ्वी मनि पानीमा काम्दछ।
परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।
परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयोः ‘को अज्ञानी मानिस हो जसले यस्ता अर्थहीन कुराहरू गर्यो?’ परमप्रभु, मैले ती कुराहरूको बारे बोलें जुन मैले बुझिनँ। मैले ती कुराहरू भनें जुन मेरो लागि बुझ्नु अति अचम्मित थियो।
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ! तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्। कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्! म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।
परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न। तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
यदि मैले ती सबै गन्न सक्दो हुँ ता तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।
परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।