परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ। यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्।
Cross references
जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।
एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षडयन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाह अनुरूपको कार्य विफल होस्।”
तर यदि तिमी यरूशलेम फर्कियौ भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हूँ। मैले तपाईंको पितालाई सेवा गरे। अब म तपाईंको सेवा गर्नेछु।’
अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।
अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्याउनु भनी राजालाई भन्नका निम्ति।
यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।
ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।
हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ। तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”