Home Bibles ☰ Books यर्मिया 9:22 · नेपाली बाइबल
यर्मिया 9:22 · नेपाली बाइबल

यी कुराहरूको घोषणा गर ‘परमप्रभु भन्नुहुन्छ, मतृ शरीरहरू भूँईमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।”‘

Cross references

व्यवस्था 8:17

यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’

2 राजा 9:37

ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।”‘

2 राजा 20:13

हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।

2 राजा 20:15

यशैयाहले भने, “तिनीहरूले तिम्रो महलमा के देखे?”हिजकियाहले उत्तर दिए, “तिनीहरूले मेरो महलमा प्रत्येक चीज नै देखे। मेरो भन्डार कुनै यस्तो चीज छैन जसलाई मैले तिनीहरूलाई देखाँईंन।”

अय्यूब 5:13

परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ। यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्।

भजनसंग्रह 49:7

कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूसदिन सक्तैनौ।

भजनसंग्रह 83:10

तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो। अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।

हितोपदेश 18:11

एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।

हितोपदेश 23:4

धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर।

यशैया 5:25

यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मरेका लाशहरू गोरेटोहरूमा फोहोर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।

यर्मिया 7:33

लाशहरू चरा चुरूङ्गी र जंगली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जानवरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन।

यर्मिया 8:2

तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।

यर्मिया 16:4

“ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”

Interlinear

Choose Theme