मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो। किन? किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।
Cross references
तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।
किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?
अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।
परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।
“यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।
दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ। अय्यूब दुष्टहरूसित रहन चाहन्छ।
तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ तपाईं रातभरि मसँग हुनुहुन्थ्यो। तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन। मैले कनै खराब योजना बनाइनँ।
हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।
हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।