Home Bibles भजनसंग्रह 17:3 · नेपाली बाइबल
भजनसंग्रह 17:3 · नेपाली बाइबल

तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ तपाईं रातभरि मसँग हुनुहुन्थ्यो। तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन। मैले कनै खराब योजना बनाइनँ।

Cross references

1 शमूएल 24:10

म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुनू।’

1 शमूएल 24:12

परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन।

1 शमूएल 26:11

तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”

1 शमूएल 26:23

परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।

1 इतिहास 28:9

अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।

1 इतिहास 29:17

मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँज गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।

अय्यूब 23:10

तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।

अय्यूब 24:14

हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।

भजनसंग्रह 7:4

मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।

भजनसंग्रह 11:5

परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ।

भजनसंग्रह 16:7

म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।

भजनसंग्रह 26:2

हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।

भजनसंग्रह 39:1

मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”

भजनसंग्रह 44:17

परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!

भजनसंग्रह 66:10

मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।

भजनसंग्रह 119:106

तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।

भजनसंग्रह 139:1

हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।

भजनसंग्रह 139:23

हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ। मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।

हितोपदेश 13:3

एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।

यर्मिया 12:3

तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ। तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ। तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्। हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।

यर्मिया 50:20

परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”

होशे 7:6

ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ, किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ। रातभरि तिनीहरूका रिस दन्किरहन्छ, बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।

मीका 2:1

मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।

जकरिया 13:9

त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘

मलाकी 3:2

कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सकनेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सकनेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेकोआगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेछन्।

प्रेरित 11:23

बर्णाबास एक असल मानिस थिए। उ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो।

प्रेरित 16:9

त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस अनि हामीलाई सहयोग गर्नुहोस्!”

प्रेरित 18:9

राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!

1 कोरिन्थी 4:4

मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ।

2 कोरिन्थी 1:12

यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।

याकूब 3:2

हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। उ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्।

1 पत्रुस 1:7

यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

Interlinear

Choose Theme