“यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।
Cross references
अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरु ध्वंश पार्नेछु।”
परमप्रभुले आफैंलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भनुँ?
तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्।
मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
मेरो जीवन तपाईंको हातमा छ, मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्। कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्। मलाई तिनीहरूबाट बचाउनुहोस्।
हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँचो रूपले चिन्छन् अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें। तर ती सबै मेरो लागि एकदम कठिन थिए।
यसकारण मैले आफ्नो मनमा भनें, ‘त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।
त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ।
यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैं दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैं जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैं खान पाँउदैन, ज्ञानी मानिसले सधैं सम्पत्ति पाँउदैन; अनि विवेकशील मानिसले सधै प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आँउछ।
परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।
“स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्। स-साना परिवार एक दरिलो जाति हुनेछ। जब समय अनुकूल हुन्छ म, परमप्रभु चाँडै आउनेछु। म ती कुराहरू घटित गर्नेछु।”
हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?