Home Bibles ☰ Books अय्यूब 34:37 · नेपाली बाइबल
अय्यूब 34:37 · नेपाली बाइबल

अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो। अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”

Cross references

1 शमूएल 15:23

आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”

अय्यूब 8:2

“कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।

अय्यूब 11:2

“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।

अय्यूब 23:2

“म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।

अय्यूब 27:23

जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।

अय्यूब 35:2

“अय्यूब, तिमीले यस्तो भन्नु राम्रो होइन, ‘म परमेश्वर भन्दा अझ सही छु।’

अय्यूब 35:16

यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे। अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”

अय्यूब 42:7

अय्यूबसँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किन? किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ।

यशैया 1:19

“मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।

इजकिएल 35:13

तिमी घमण्डी थियौ। तथा मेरो विरूद्ध तिमीले कुराहरू सुन्यौ। तिमीले धेरै पल्ट भन्यौ अनि जुन तिमीले भन्यौ, त्यसको प्रत्येक शब्द मैले सुनें। हो मैले तिमीलाई सुनें।”

Interlinear

Choose Theme