Home Bibles 1 शमूएल 1:5 · नेपाली बाइबल
1 शमूएल 1:5 · नेपाली बाइबल

उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।

Cross references

उत्पत्ति 11:30

साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।

उत्पत्ति 16:1

साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई।

उत्पत्ति 20:18

किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।

उत्पत्ति 29:30

यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दाराहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।

उत्पत्ति 30:2

याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”

उत्पत्ति 43:34

नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।

उत्पत्ति 45:22

यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए।

व्यवस्था 21:15

“कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।

Interlinear

Choose Theme