Home Bibles अय्यूब 3:1 · नेपाली बाइबल
अय्यूब 3:1 · नेपाली बाइबल

तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे।

Cross references

अय्यूब 1:11

तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”

अय्यूब 1:22

ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।

अय्यूब 2:5

यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।”

अय्यूब 2:9

अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति इमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!”

अय्यूब 3:3

जुन रात तिनीहरूले मलाई “त्यो केटो हो” भने त्यो रात पनि हराओस् भन्ने म कामना गर्छु।

अय्यूब 35:16

यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे। अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”

भजनसंग्रह 39:2

यसैले मैले केही भनिनँ। मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ। तर मेरो मनोव्याथा अझ बढ्‌यो।

भजनसंग्रह 106:33

ती मानिसहरूले मोशालाई दुःखीत गराए। नसोचिकन मोशा बोले।

यर्मिया 15:10

हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।

यर्मिया 20:14

म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।

Interlinear

Choose Theme