Home Bibles ☰ Books अय्यूब 2:5 · नेपाली बाइबल
अय्यूब 2:5 · नेपाली बाइबल

यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।”

Cross references

लेवी 24:15

तिमीले इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ।

1 इतिहास 21:17

दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गिन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईका मानिसहरूलाई मारिरहेछ।”

अय्यूब 1:5

तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैले सोच्थे, “हुन सक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैं गर्ने गर्थे।

अय्यूब 1:11

तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”

अय्यूब 1:12

परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।”तब शैतान परमप्रभुदेखि टाढा गयो।

अय्यूब 2:9

अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति इमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!”

अय्यूब 19:20

म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।

भजनसंग्रह 32:3

परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।

भजनसंग्रह 38:2

हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ। तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।

भजनसंग्रह 39:10

तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस् यदि तपाईं थामिनु भएन भने मलाई ध्वंश पार्नुहुनेछ!

यशैया 8:21

यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्।

Interlinear

Choose Theme