यर्मिया 20:14 · नेपाली बाइबल
म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।
Cross references
अय्यूब 3:1
तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे।
अय्यूब 3:3
जुन रात तिनीहरूले मलाई “त्यो केटो हो” भने त्यो रात पनि हराओस् भन्ने म कामना गर्छु।
यर्मिया 15:10
हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।