ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।
Cross references
धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।
ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।
ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।
असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।
एदोमले तिमीसँग व्यापार गर्थो किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा नीलमणि, बैजुनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे।
“कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिमीहरूले केवल त्यसलाई कुल्चने छन्।
“फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ।
स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन।
त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरुमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरु अनि त्यस स्त्रीको अशुद्ध यौन पापले भरिएको थियो।
तिनीहरु सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बेजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत बहुमूल्य काठ, काँसा, फलाम अनि सङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरु बेच्छन्।
बाह्र ढोकाहरु बाह्र मोतीहरु थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।