Home Bibles ☰ Books अय्यूब 28:19 · नेपाली बाइबल
अय्यूब 28:19 · नेपाली बाइबल

कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन। तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।

Cross references

प्रस्थान 28:17

न्यायको थैलीमा यी रत्नहरू चार लहरमा जोड। पहिलो लहरमा साडियस, पुष्पराज, र पन्ना,

प्रस्थान 39:10

त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो।

हितोपदेश 3:13

धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।

हितोपदेश 8:19

मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।

हितोपदेश 20:15

सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।

इजकिएल 28:13

तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।

प्रकाश 21:20

तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरु थिए।

Interlinear

Choose Theme