यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।
Cross references
“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।
किन? किनभने तिमी गर्भवती छौ अनि तिमीले छोरा जन्माउनेछौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। उ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”
तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।”‘
अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”
यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। उ साँच्चै सुन्दर थियो।परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
विधिपूर्वक हिसप झारलेमस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
दश हजार मानिसहरूको बीचमा पनि मेरा प्रेमी उज्जवल र तन्दुरूस्त देखिन्छन्।
उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका सङ्गमरमर जस्ता छन्। उहाँ लेबनोनमा हुने राम्रो उद्भिद् अग्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।
दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे।
मैले तिमीहरुका कतिपय नानीहरुलाई अगमबक्ताहरु बनाएँ। अनि मैले कतिपय युवकहरुलाई नाजिरीहरु बानाएँ। हे इस्राएलीहरु हो! के योकुरा सत्य होइन?परमप्रभु भन्नुहुन्छ।
परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।