Home Bibles अय्यूब 28:17 · नेपाली बाइबल
अय्यूब 28:17 · नेपाली बाइबल

ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन।

Cross references

हितोपदेश 16:16

ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो।

इजकिएल 1:22

प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो।

प्रकाश 4:6

सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।

प्रकाश 21:11

यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्ज्वल थियो।

प्रकाश 22:1

तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।

Interlinear

Choose Theme