Home Bibles प्रेरित 1:7 · नेपाली बाइबल
प्रेरित 1:7 · नेपाली बाइबल

येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ।” तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।

Cross references

व्यवस्था 29:29

“परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।

दानियल 2:21

उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।

मत्ती 20:23

येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”

मत्ती 24:36

“त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफै र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।

मर्कूस 10:40

तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”

मर्कूस 13:32

“कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुनछ।

लूका 21:24

कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।

प्रेरित 17:26

अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।

एफिसी 1:10

ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।

1 थिस्सलोनिकी 5:1

अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन।

1 तिमोथी 6:15

ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।

2 तिमोथी 3:1

यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ।

Interlinear

Choose Theme