Home Bibles ☰ Books उपदेशक 8:6 · नेपाली बाइबल
उपदेशक 8:6 · नेपाली बाइबल

त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ।

Cross references

अय्यूब 10:13

तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ?म जान्दछु।

अय्यूब 33:17

परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।

अय्यूब 33:19

दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।

उपदेशक 3:1

प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

उपदेशक 3:11

परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

उपदेशक 3:17

यसकारण मैले आफ्नो मनमा भनें, ‘त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।

उपदेशक 7:13

परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।

उपदेशक 11:9

यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्।

यशैया 3:11

तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।

यशैया 22:12

यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

लूका 13:25

यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्‌ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”

लूका 17:26

मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो।

लूका 19:42

उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ।

हिब्रू 3:7

त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,

Interlinear

Choose Theme