Home Bibles ☰ Books अय्यूब 23:8 · नेपाली बाइबल
अय्यूब 23:8 · नेपाली बाइबल

यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।

Cross references

अय्यूब 9:11

जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।

अय्यूब 34:29

तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।

अय्यूब 35:14

यसकारण अय्यूब, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न जब तिमी भन्दछौ कि उहाँलाई देखिन। तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि तिमी आफै निर्दोष प्रमाण गर्न सक्छौ।

भजनसंग्रह 10:1

हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।

भजनसंग्रह 13:1

हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?

भजनसंग्रह 139:5

हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर। तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।

यशैया 45:15

परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।

1 तिमोथी 6:16

परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

Interlinear

Choose Theme