Home Bibles अय्यूब 23:9 · नेपाली बाइबल
अय्यूब 23:9 · नेपाली बाइबल

अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।

Cross references

अय्यूब 9:11

जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।

अय्यूब 10:13

तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ?म जान्दछु।

अय्यूब 34:29

तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।

भजनसंग्रह 89:46

कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ?

यशैया 8:17

हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो। तर म परमप्रभुलाई पर्खिनेछु। उहाँले हामीलाई बचाउनु हुनेछ।

यशैया 45:15

परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।

Interlinear

Choose Theme