Home Bibles ☰ Books यशैया 45:15 · नेपाली बाइबल
यशैया 45:15 · नेपाली बाइबल

परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।

Cross references

अय्यूब 10:13

तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ?म जान्दछु।

अय्यूब 23:3

म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।

अय्यूब 23:9

अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।

भजनसंग्रह 44:24

परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र संकटहरूलाई बिर्सिनु भयो?

भजनसंग्रह 68:26

समुदायहरूमा परमेश्वरको प्रशंसा गर! हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर!

भजनसंग्रह 77:19

परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन।

यशैया 8:17

हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो। तर म परमप्रभुलाई पर्खिनेछु। उहाँले हामीलाई बचाउनु हुनेछ।

यशैया 12:2

परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।

यशैया 43:3

किन? किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परमपवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ।

यशैया 43:11

म हो म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन।

यशैया 45:17

तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।

यशैया 46:13

म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”

यशैया 57:17

ती मानिसहरूले पाप काम गरे अनि त्यसैले मलाई क्रोधित बनाए। यसैले मैले इस्राएललाई दण्ड दिएँ, उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ। अनि इस्राएलले मलाई त्यागेर गयो, उसले जता इच्छा गर्यो उतै गयो।

यशैया 60:16

जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।

Interlinear

Choose Theme