Cross references
शीलोमा प्रत्येक वर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने र्गथिन्। र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउदथिइन्।
मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो यहाँ छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ।
म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।
हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
बिहान पख घाँस उम्रन्छ अनि बेलुकी यो ओइलाएर मर्छ।
आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्। तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन। तिनीहरूका छाला हड्डीसंग टाँसिएर चाउरी परेका छन। तिनीहरूका छाला काठझैं खस्त्रा छन।