Home Bibles ☰ Books भजनसंग्रह 44:15 · नेपाली बाइबल
भजनसंग्रह 44:15 · नेपाली बाइबल

म लाजले छोपिएको छु। सारा दिन आफ्नो लज्जित रूप हेर्छु।

Cross references

यहोशू 7:7

यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौ।

1 राजा 9:7

तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।

2 इतिहास 32:21

तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवार द्वारा मारिदिए।

एज्रा 9:6

र मैले भने”हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।

अय्यूब 17:6

परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्।

भजनसंग्रह 69:7

मेरो अनुहार शरमले ढाकिएको छ। म तपाईंको निम्ति त्यो शरम सहन्छु।

भजनसंग्रह 71:13

मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्। तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्! तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्। तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।

भजनसंग्रह 89:45

उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्‌नेले ढाकिदिनुभएको छ।

यर्मिया 3:25

आफ्नौ लाजले हामी डुबौ अनि हामीलाई अपमानले छोपोस्। किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौ। हाम्रा पिता-पुर्खाहरूले पाप गरे अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।”

यर्मिया 51:51

हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं। हामी अपमानित भएकाछौं र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”

विलाप 2:15

त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”

Interlinear

Choose Theme