Home Bibles अय्यूब 15:5 · नेपाली बाइबल
अय्यूब 15:5 · नेपाली बाइबल

जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ। अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।

Cross references

अय्यूब 5:13

परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ। यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्।

अय्यूब 9:22

म आफैलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्। निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’

अय्यूब 12:6

तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।

अय्यूब 22:5

होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।

अय्यूब 32:1

त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।

अय्यूब 32:2

तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसंग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो।

भजनसंग्रह 50:19

तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।

भजनसंग्रह 52:2

तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।

भजनसंग्रह 64:3

तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्। तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।

भजनसंग्रह 120:2

हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।

यर्मिया 9:3

“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।

यर्मिया 9:8

यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।

मर्कूस 7:21

सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या

लूका 6:45

एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कूराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।

याकूब 1:26

कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन।

याकूब 3:5

हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ।

Interlinear

Choose Theme