Home Bibles ☰ Books यर्मिया 9:8 · नेपाली बाइबल
यर्मिया 9:8 · नेपाली बाइबल

यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।

Cross references

2 शमूएल 3:27

जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।

2 शमूएल 20:9

योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।

भजनसंग्रह 12:2

मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।

भजनसंग्रह 12:3

परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।

भजनसंग्रह 28:3

हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।

भजनसंग्रह 55:21

मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

भजनसंग्रह 57:4

मेरो प्राण विपदमा छ। मेरा शत्रुहरू चारैतिर छन्। तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत अनि तरवार जस्तो धारिलो जिब्रो लिएर मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

भजनसंग्रह 62:5

मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।

भजनसंग्रह 64:3

तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्। तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।

भजनसंग्रह 64:8

दुष्ट मानिसहरूले उरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्। तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ, अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ। तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हालाउने छन्।

भजनसंग्रह 120:3

झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।

हितोपदेश 26:24

द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।

यर्मिया 5:9

यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।

यर्मिया 5:26

मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।

यर्मिया 9:3

“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।

यर्मिया 9:5

हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँचो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुञ्जेल सम्म पाप गरे।

Interlinear

Choose Theme