हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
Cross references
झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्, म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्। परमेश्वरको आदर गर्नेछन्। तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
हे परमेश्वर, मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला!
हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस् क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।
त्यस शहरका धनी मानिसहरु निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरु अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरु तिनीहरुको झूटो कुरा गर्छन्।
प्रघान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।