तपाईंले सधैं उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेडाका बथानहरू फैलिएका छन्।
Cross references
यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस वर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो।
म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”
यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।विदाइको बेला याकूब भाग्छन्
जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो।
आफ्ना बाबुका परमेश्वरबाट शक्ति पाउनेछन्। सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।
यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।
“परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”
परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो।
अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।
जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।
म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।
परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशिर्वाद दिनुभयो। अय्यूबले 14,000 भेडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए।
हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
परमप्रभुको र्स्वगदूतले जुन मानिसहरूले परमप्रभुको अनुशरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्। स्वर्गदूतहरूले तिनीहरूको रक्षा गरे।
मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्। लगातार मलाई सान्त्वना दिनुहोस्।
हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ? अब बाटो हिंडनेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।
हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्। हामी जे काम गछौ त्यो फलदायक होस, हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
मेरा मित्रले खेत खने अनि सफा पारे। उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे। उनले खेतको माझमा एउटा मचान अनि एउटा कोल निर्माण गरे। तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे। तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।
परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘
सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।