परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
Cross references
“शहरमा र गाउँ-बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने। मेरो परमेश्वरको विरूद्ध मैले पाप गरिनँ।
यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।
मेरो आत्मा, परमप्रभुको प्रशंसा गर! प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।
परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
महान् र क्षुद्र दुवैलाई परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!
सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ?
म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊ आऊ।”
म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊ आऊ।” हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।