Home Bibles उत्पत्ति 26:12 · नेपाली बाइबल
उत्पत्ति 26:12 · नेपाली बाइबल

इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस वर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो।

Cross references

उत्पत्ति 24:1

अब्राहाम दीर्घ जीवन बाँचे अनि अत्यन्तै वृद्धा भएका थिए र त्यो समय भरि तिनले गरेका प्रत्येक कुरालाई परमप्रभुले आशीर्वाद दिनु भयो।

उत्पत्ति 24:35

परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-वस्तु दिनु भएकोछ। अब्राहामको धेरै धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्।

उत्पत्ति 25:11

अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।

उत्पत्ति 26:3

त्यही देशमा बस तब म तलाईं सहायता गर्नेछु। म तलाईं आशिर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ।

उत्पत्ति 26:29

हामीले तिमीलाई कुनै नोक्सान गरेका थिएनौ र अब तिमीले वचन दिनु पर्छ तिमीले पनि हाम्रो केही नोक्सान गर्ने छैनौ। हामीले तिमीलाई पठायौं तर हामीले शान्तिसितै पठायौं। अब यो निश्चित छ परमप्रभुले तिमीलाई आशीर्वाद दिनु भएको छ।”

उत्पत्ति 30:30

म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”

अय्यूब 42:12

परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशिर्वाद दिनुभयो। अय्यूबले 14,000 भेडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए।

भजनसंग्रह 67:6

हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्। हाम्रो खेतले विस्तृत फसल दिओस्।

भजनसंग्रह 72:16

खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।

हितोपदेश 10:22

परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।

उपदेशक 11:6

यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।

जकरिया 8:12

ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।

मत्ती 13:8

अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।

मत्ती 13:23

तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

मर्कूस 4:8

केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”

1 कोरिन्थी 3:6

मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो।

2 कोरिन्थी 9:10

परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिउ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ।

गलाती 6:7

आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

Interlinear

Choose Theme