तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।
Cross references
तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।
तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।
तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई फर्काउनका निम्ति तपाईंले चेतावनी दिनुभयो। तर तिनीहरू अट्टेरी भए र तपाईंका आदेशको पालन गरेनन्। तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे। जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति जीवन ल्याउँदछ। तिनीहरू ढीठ, अनिच्छुक अनि अनाज्ञाकारी बने।
परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”
मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदम अटेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।
तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”
हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
“यहूदाका मानिसहरूका पापहरू तिनीहरूका हृदयको पाटीमा अनि तिनीहरूका वेदीको सिँगहरूमा तिखो फलामले लेखिएको थियो।
तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।”
“यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आटेकाछौं।”
यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ।
म तिमीलाई तिनीहरू विरूद्ध केही भन्नको निम्ति पठाउँदैछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्नु पर्नेछ। तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ।’
अहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।
म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नँया आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँचो हृदय भरिदिनेछु।
परमेश्वरदले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु।
तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं।
परमप्रभु तिमीहरुका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो।
“यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो। हैइन? उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”
हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न अस्वीकार गर्छन् तिनीहरूका आँखाछ तापनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्। आफ्ना कानले सुन्दैनन् तिनीहरूका हृदयले बुझ्दैनन् हैन भने तिनीहरू मकहाँ आउने थिए सुन्ने थिए अनि म तिमीहरूलाई निको पार्नेथिए।’
किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’”
बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्।
मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए।
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।
हो, यी मानिसहरूका मन बन्द छन् अहिले यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन् अनि यी मानिसहरू सत्य हेर्न मान्दैनन्। यस्तो भएको छ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन, आफ्ना कानहरूले सुन्ने छैनन् आफ्ना मनले बुझ्ने छैनन्। यस्तो भएको छ यसैले तिनीहरू मपट्टि र्फकिने छैनन् ।
ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।
दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।
ख्रीष्टको आत्मा ती अगमवक्ताहरुमा थियो। अनि आत्माले ती दुखा-कष्टहरुको बारेमा, जो ख्रीष्टहरुको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दुख कष्टहरु पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरुले तिनीहरुलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरु कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरुले यो जान्ने कोशिश गरे।
किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।