Home Bibles यर्मिया 51:39 · नेपाली बाइबल
यर्मिया 51:39 · नेपाली बाइबल

जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

Cross references

भजनसंग्रह 13:3

हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।

भजनसंग्रह 76:5

ती सिपाहीहरूले आफू बलियो भएको सोचे। तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्। तिनीहरूको शरीर लुटिएर लडिरहेको छ। ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।

यशैया 21:4

मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।

यशैया 22:12

यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

यर्मिया 25:27

“यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’

यर्मिया 48:26

“मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो। अत मोआबलाई पागल हुञ्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।

यर्मिया 51:57

म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै बिउँझने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

दानियल 5:1

राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।

दानियल 5:30

त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।

नहूम 1:10

भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।

नहूम 3:11

यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।

नहूम 3:18

हे अश्शूरका राजा, तिम्रो गोठालाहरु निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरु आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरु पर्वतमा घुमिरहेकाछन्। तिनीहरुलाई फर्काएर ल्याउने कोही छैन्।

Interlinear

Choose Theme