“मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो। अत मोआबलाई पागल हुञ्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।
Cross references
तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”
तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं।
परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।
तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ।
हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्। ती सबैलाई एक तमाशा बनाई दिनुहोस्।
तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ। हामी धर्मरिन्दै लडदै हिंड्ने रक्स्याहा(जँड्याहा) मानिसहरू हौं।
परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ। परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ। उहाँले त्यो विषयुक्त दाखमद्य खनाउनु हुन्छ, अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।
मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।
परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भडके र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्।
जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निणर्य लिदाँ न्यायधीशहरू मातेको हुन्छन्।
आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।