Home Bibles यशैया 21:4 · नेपाली बाइबल
यशैया 21:4 · नेपाली बाइबल

मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।

Cross references

व्यवस्था 28:67

बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो। किन? किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ।’

1 शमूएल 25:36

अबीगेल घर फर्किने। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। उ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुञ्जेल अबीगेलले केही भनिन्।

2 शमूएल 13:28

तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”

1 राजा 1:49

अदोनियाहका सबै अतिथिहरू र्तसिए अनि छिट्टै गए।

एस्तर 5:12

हामानले भने, “रानी एस्तरले राजाको निम्ति दिएको भोजमा मलाई बाहेक अरू कसैलाई पनि निम्तो गरिनन्। अनि भोलि पनि मलाई राजासित तिनीकहाँ जान बोलाएको छ।

एस्तर 7:6

अनि एस्तरले भनिन्, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।”हामान, राजा अनि रानी समक्ष भयभित भए।

अय्यूब 21:11

दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।

भजनसंग्रह 55:6

ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ! अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।

यशैया 5:11

तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ।

यर्मिया 4:19

हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।

यर्मिया 51:39

जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

यर्मिया 51:57

म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै बिउँझने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

दानियल 5:1

राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।

दानियल 5:5

त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे।

दानियल 5:30

त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।

नहूम 1:10

भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।

लूका 21:34

“होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।

Interlinear

Choose Theme