यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।
Cross references
इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके।
यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।”
परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ। परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ। उहाँले त्यो विषयुक्त दाखमद्य खनाउनु हुन्छ, अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।
जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!
मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महामहिम शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।
आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
“ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउछन् तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु। तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्। तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो। सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”
म रिसाएको बेला, मानिसहरूमाथि हिडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”
“यहूदाका मानिसहरूलाई यो सन्देश देऊ यरूशलेम शहरका प्रत्येक मानिसलाई भन, ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। ‘सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
किन हामी यहाँ बसिरहेका छौ? आऊ, हामी बलिया शहरहरूमा जाँऊ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।
“यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’
म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै बिउँझने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
इस्राएलले पाप गर्यो अग्लो-अग्लो स्थानमा मूर्ति निर्माण गर्यो। आवेनको अग्लो स्थान नष्ट गरिदिइनेछ। त्यसको वेदीहरूमाथि काँढा र बनमाराहरू उम्रनेछन् र त्यही बेला तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई ढाक!” अनि डाँडाहरूलाई भन्नेछन्, “हामीमाथि खस।”