Home Bibles ☰ Books यर्मिया 49:37 · नेपाली बाइबल
यर्मिया 49:37 · नेपाली बाइबल

म एलामलाई तिनीहरूका शत्रुहरू जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन् तिनीहरूकै अघि चक्नाचूर पारिदिनेछु। म एलाममाथि डरलाग्दो सङ्कटहरू ल्याउनेछु। मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूलाई खेद्न तरवार पठाउँनेछु अनि त्यो तरवारले तिनीहरू सबैलाई शेष नपारञ्जेल सम्म खेद्नेछ।

Cross references

लेवी 26:33

म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

भजनसंग्रह 48:4

एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।

यर्मिया 9:15

यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।

यर्मिया 9:16

म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”

यर्मिया 30:24

परमप्रभुको क्रोध तबसम्म शेष हुदैन जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न। पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।”

यर्मिया 34:20

यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।

यर्मिया 48:2

मोआबलाई फेरि प्रशंसा गरिने छैन। हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे। तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्टपारौं ताकि अब उसो एउटा जाति नरहोस्।’ हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ। तरवारले तिम्रो खेदो गर्नेछ।

यर्मिया 48:39

“मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”

यर्मिया 49:5

सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ “प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउनेछु। तिमीहरू सबैलाई खेदिनेछ अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।”

यर्मिया 49:22

अक्कासिने चील उँभो बेगले तल झरी आफ्नो पखेटा बोज्रामाथि फिँजाउनेछ। त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

यर्मिया 49:24

दमिशक शहर कमजोर भयो। मानिसहरू भाग्न चाहन्छन्। आंतकले तिनीहरूलाई समातेको छ। तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं वेदना अनुभव गरिरहेका छन्।

यर्मिया 49:29

तिनीहरूको पालहरू, भेडाका बगालहरू, पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ। शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्। मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्। डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।

यर्मिया 50:36

हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ ताकि तिनीहरू मूर्ख बनुन्, बाबेलका सिपाहीहरूलाई मार ताकि तिनीहरू भयभीत हुन्।

इजकिएल 5:2

यसले देखाउने गर्छ केही मानिसहरू शहर भित्र मर्नेछन्। त्यस समय तरवार उपयोग गर अनि आफ्नो कपालको एक तिहाईं भाग सानो-सानो टुक्रा पारेर काट। त्यो कपाललाई ईंटामा बनाएको शहरको वरिपरि राख। यसले देखाउँछ कि केही मानिस शहर बाहिर मर्नेछन्। त्यसपछि आफ्नो कपालको एक तिहाई भाग हावामा उडाइदेऊ। त्यसलाई हावाले टाढो उडाएर लान देऊ। यसले त्यो देखाउँछ कि म आफ्नो तरवार निकाल्नेछु अनि कतिपय मानिसहरूलाई खेद्दै तिनीहरूलाई टाढो देशमा भगाई दिनेछु।

इजकिएल 5:12

तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।

इजकिएल 12:14

म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ।

इजकिएल 32:23

तिनीहरूको चिहानहरू अत्यन्तै गहिरो खाडल भित्र छन्। अश्शूरका सबै सेनाहरू युद्धमा मारिएका थिए। अनि तिनीहरूको चिहानहरू उसको चिहानको चारैतिर छन्। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।

Interlinear

Choose Theme