म आकाशको चारै कुनाबाट एलामको विरूद्ध हावा ल्याउनेछु। म एलामको मानिसहरूलाई पृथ्वीको सबै ठाउँहरूमा जहाँ चारैदिशाबाट हावा बहन्छ त्यहाँ छरपष्ट पारिदिन्छु कैदीहरूलाई हरेक जातिमा खेदी पठाउनेछु।
Cross references
“तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।
पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।
परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।
तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्! के गर्नु पर्ने हो बताउनु होस्! मध्यदिनहको घामबाट हामीलाई ओझल पारे जस्तै हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस। हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं। हामीलाई लुकाउनु होस्! शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”
मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।
परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो जसलाई आफ्नो देश छोडन बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एक पल्ट भेला गर्नेछु।”
अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्। आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई म हावामा तितर-बितर पारिदिनेछु। सबै तिरबाट म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु।” यो परमप्रभुको सन्देश हो।
यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”
तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।
दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो।
यसपछि त्यो बोको एकदमै शक्तिशाली भयो। तर जब त्यो शक्तिशाली भयो त्यसको सीङ्ग भाँचियो अनि फेरि त्यो ठूलो सींङको ठाँउमा चार वटा सींङ उम्रिए। ती चारैवटा सीङ अलगै देखिन्थ्यो अनि चारै दिशा पट्टि फर्किएको थिए।
त्यो भाँचिएको सींङको सट्टामा उम्रेका चार सींङहरू चाँहि चार राज्यहरू हुन्, जुन त्यस जातिबाट खडा हुनेछन्। तर तुलनामा त्यसको जतिकै पराक्रम हुनेछैन।
शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नाताहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन।