Home Bibles इजकिएल 5:2 · नेपाली बाइबल
इजकिएल 5:2 · नेपाली बाइबल

यसले देखाउने गर्छ केही मानिसहरू शहर भित्र मर्नेछन्। त्यस समय तरवार उपयोग गर अनि आफ्नो कपालको एक तिहाईं भाग सानो-सानो टुक्रा पारेर काट। त्यो कपाललाई ईंटामा बनाएको शहरको वरिपरि राख। यसले देखाउँछ कि केही मानिस शहर बाहिर मर्नेछन्। त्यसपछि आफ्नो कपालको एक तिहाई भाग हावामा उडाइदेऊ। त्यसलाई हावाले टाढो उडाएर लान देऊ। यसले त्यो देखाउँछ कि म आफ्नो तरवार निकाल्नेछु अनि कतिपय मानिसहरूलाई खेद्दै तिनीहरूलाई टाढो देशमा भगाई दिनेछु।

Cross references

लेवी 26:33

म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

यर्मिया 9:15

यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।

यर्मिया 9:16

म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”

यर्मिया 9:21

‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’

यर्मिया 15:2

ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ,‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।

यर्मिया 24:10

म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”

यर्मिया 38:2

“कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’

इजकिएल 4:1

“हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।

इजकिएल 4:7

परमेश्वरले फेरि भन्नुभयो। उहाँले भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ।

इजकिएल 4:8

हेर, म तिमीलाई डोरीले बाँधिराख्नेछु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।”

इजकिएल 5:12

तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।

इजकिएल 12:14

म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ।

आमोस 9:2

यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि तिनीहरु भएकहाँ मेरो हात पुग्नेछ अनि यदि तिनीहरु स्वर्गमा चढे पनि म तिनीहरुलाई त्यहाँबाट तल झार्नेछु।

आमोस 9:4

यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि म तरवारलाई आज्ञा गर्नेछु अनि त्यसले तिनीहरुलाई मार्नेछ। मैले तिनीहरुलाई नोक्सान गर्ने नै निश्चय गरेंराम्रो गर्ने होइन।”

Interlinear

Choose Theme