Home Bibles ☰ Books यर्मिया 9:15 · नेपाली बाइबल
यर्मिया 9:15 · नेपाली बाइबल

यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।

Cross references

व्यवस्था 28:36

“तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।

व्यवस्था 29:18

दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।

भजनसंग्रह 60:3

तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ। हामी धर्मरिन्दै लडदै हिंड्ने रक्स्याहा(जँड्‌याहा) मानिसहरू हौं।

भजनसंग्रह 69:21

तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्।

भजनसंग्रह 75:8

परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ। परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ। उहाँले त्यो विषयुक्त दाखमद्य खनाउनु हुन्छ, अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।

भजनसंग्रह 80:5

तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो। तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ। त्यो आँसु तिनीहरूको पिउने पानी भयो।

यशैया 2:17

तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।

यशैया 2:22

तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।

यर्मिया 8:14

किन हामी यहाँ बसिरहेका छौ? आऊ, हामी बलिया शहरहरूमा जाँऊ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।

यर्मिया 23:15

यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।”

यर्मिया 24:10

म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”

यर्मिया 25:15

परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।

यर्मिया 44:27

“‘म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर ध्वंस पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्।

Interlinear

Choose Theme